|

काठमाडौं : सत्ता गठबन्धन दललाई सिट बाँडफाँडको टुंगो लगाउन सकस भएको छ।

शीर्ष नेताहरूले जिम्मा दिएको कार्यदलको बैठकमा जति डोरी बाटे पनि गाँठो एउटै भने जस्तै सिट संख्यामा कुरो घुमिरहेको छ। निर्वाचन आयोगमा दल दर्ता गर्न एक दिन मात्र बाँकी रहँदा गठबन्धनका दलहरूको गाँठो भने फुक्न सकेको छैन।

२०७४ को समानुपातिकतर्फको मत र स्थानीय तह चुनावमा पाएको मतका आधारमा सिट बाँडफाँड गर्ने बताएको गठबन्धनमा रहेका दलहरूको कार्यदलले दल दर्ता गर्ने समय सकिने एकदिनपछि पर्सि (बुधबार) फेरि छलफल गर्ने भाका राखेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा दलको चुनावी छलफल चलाइरहेका छन्। तर सहमति जुट्न नसकेको कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मापदण्डसमेत बनाउन नसकेको कार्यदलले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ।

२०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको कांग्रेसबाट कार्यदलको सदस्य बनेका कार्कीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.