|

काठमाडौं ः फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।

अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई यसअघि नै फिफाले पटक पटक चेतावनी दिएको थियो।

भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो। तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो। फिफाले अदालतको आदेश हटे निलम्बन फुकुवा गर्ने छ। 

फिफाको यो निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन। यसको प्रत्यक्ष असर यू-१७ महिला विश्वकपलाई पर्ने भएको छ। यू-१७ महिला विश्वकप आगामी अक्टुबर ११ देखि ३० सम्म भारतमा हुने तालिका छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.