|

काठमाडौं : पत्रकार वसन्त पोखरेलको निधन भएको छ।

 बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवास बुटवल–१३ बेलबासमा ६८ वर्षको उमेरमा निधन भएको हो। 

प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष हुन्। 

विसं २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन्। हाल बुटवलको बुटवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.