|

बाँके : जिल्लाको जानकी गाँउपालिका-१ पंचपोखरा ईलाकाबाट साउन ३० गते सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम
यार्सागुम्बा बरामद गरेको छ।

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो। 

सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छाडि भागेका थिए। बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.