|

म्याग्दी : अप्राकृतिक मैथुनको आरोपमा म्याग्दीमा १ जना पक्राउ परेका छन्।

 खेतमा पानी लगाउन र घाँस काट्न गएका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा बेनी नगरपालिका–१,रत्नेचौर बेलबोटका ६६ वर्षीय खुमनाथ शर्मालाई म्याग्दी प्रहरीले पक्राउ गरेको हो हो।

 घरबाट साथीहरूसँगै निस्किएका बालकलाई बेलबोटमा रहेको मन्दिर नजिकै पानी माग्ने क्रममा हातखुट्टा बाँधेर अप्राकृतिक मैथुन गरेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। घटनास्थलमा बालकको अवस्था हेर्दा अप्राकृतिक मैथुनबाट पीडित भएको देखिएपछि अनुसन्धानका लागि आरोपी शर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक राजन ढकालले बताए।

‘अभियुक्त माथि थप अनुसन्धान भइरहेको छ,पीडित बालकको अवस्था अहिले समान्य छ’, ढकालले भने। प्रहरीले आरोपी शर्मा र पीडित भनिएका बालकको स्वास्थ्य परिक्षण गरी अनुसन्धान गरिरहेको जनाएको छ।

खेतमा पुगेका साथीहरूलाई खानेपानी लिएर आउने भन्दै निस्किएका बालक करिब २० मिनेटसम्म नआएपछि साथीहरू समेत पुगेर हेर्दा आरोपीले अप्राकृतिक मैथुन गदैं गरेको अवस्थामा भेटेको प्रत्यक्षदर्शीले बताएका छन्।

पीडितका साथीहरुले प्रतिवाद गरेपछि आरोपी भागेका थिए।

जिल्ला अदालत म्याग्दीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको अवस्थामा पीडित बालकका परिवारले समेत किटानी जाहेरी दिएका छन्। पीडित बालक रोगी समेत भएको बताइएको छ।

अप्राकृतिक मैथुन गर्नेबाट मनासिव माफिकको क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था गरेको छ। मुलुकी ऐनको जबर्जस्ती करणी महलको दफा ९ ’क’ मा ’कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ।

त्यस्तो अभियुक्तलाई ६ वर्षदेखि १५ वर्षसम्म कैद सजाय तोकिएको छ। अझै पनि हाम्रो समाजमा बालक पुरुषबाट यौन शोषणमा पर्छन् भन्नेमा विश्वास नगर्नाले यस्ता घटनाहरू भएको भन्दै समाजमा यस्ता घटना लुकाउने प्रवृत्ति र कानून कार्यान्वयन पक्ष प्रभावकारी नहुँदा समस्या भएको जानकारहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.