|

भारतमा एकैदिन ८ हजार ८१३ जना कोरोना सङ्क्रमित भएको सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ। भारतमा एकदिनअगाडि १४ हजार ९ सय १७ जना सङ्क्रमित भएका थिए।  

कोरोना शुरु भएयता हालसम्म ५ लाख २७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। भारतमा हिजो १५ हजार ४० जना कोरोनामुक्त भएका छन्। यसैसँगै  कूल ४ करोड ३६ लाख ३८ हजार ८४४ जना कोरोनामुक्त भएका छन्।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ५०८ रहेको छ। 

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्। भारतमा सन् २०२१ को जनवरी १६ मा कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो। 

सो समययता हालसम्म २ अर्ब ८ करोडभन्दा बढी मात्रा खोप लगाइएको छ। भारतमा कोरोना शुरु भएयता हालसम्म ८८ करोड ६० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.