|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामाजिक सञ्जाल टिकटक हेरिनसक्नु भएको बताएका छन्। 

राजनीति र युवा महिला विषयक अनेमसंघ (अखिल नेपाल महिला संघ)को कार्यक्रमलाई सम्बोधन गर्दै टिकटकमा विकृति बढेको बताएका हुन्। 

उनले भने, ‘‘टिकटक हेर्‍यो, हेरिनसक्नु छ। आफ्नो सम्मान आफैंले भत्काउने खालका क्रियाकलाप छन्। छिटोछिटो बन्द गरेर टिकटकबाट भाग्नुपर्ने अवस्था हुन्छ।’ 

उनले आफूले आफूलाई गलत बाटोमा जान दिन नहुने बताए। महिला सशक्तीकरण सही कामको लागि समाजलाई सुसंस्कृत बाटोमा लैजान लागि योगदान गर्ने उनको भनाइ छ। 

अज्ञानबाट सिर्जना भएका गलत प्रथाबाट हटाएर असल परम्परालाई सुदृढ गर्ने उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.