|

काठमाडाैं : नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्त रूपमा दल दर्ता गरेका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज (मंगलवार) निर्वाचन आयोग पुगेर संयुक्त रूपमा दल दर्ता गरेका हुन्। दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो।

मंगलवार बिहान नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको थियो।​

नेसपा अध्यक्ष डा. भट्टराई र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेशसभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए।

दल दर्ताका लागि आज दिउँसो नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका कर्मचारीहरू निर्वाचन आयोगमा पुगेका थिए।

आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो। यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन्।

आगामी निर्वाचनका लागि कांग्रेस बाहेकका मुख्य दलले दल दर्ता गराइसकेका छन्। नेपाली कांग्रेसले पनि आज नै दल दर्ता गराउनेछ। निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.