|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरमा हुने ऐतिहासिक राधाकृष्ण रथयात्राका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्री राईले आज (मंगलबार) रथयात्रा आयोजक, सरोकारवाला साथै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका हुन्।

प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने कृष्ण रथयात्रामा कोभिड महामारीका कारण २ वर्षदेखि रोक लगाइएको थियो। यो वर्ष पनि सुरक्षाको कारण देखाउँदै रथयात्रा ननिकालिने भनिएको थियो। तर आयोजक कमिटीले रथयात्रा निकाल्न दबाब दिएसँगै आगामी भदौ ४ गते ५४ औँ रथयात्रा निकालिने भएको हो।

छलफलमा नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश १ का सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा रथ आयोजक समिति लगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.