|

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले आम निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरिरहेको आन्दोलन स्थगित गरेको छ। 

नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार मधेश सरकारले आन्दोलन रोकेको हो। मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरेका छन्। मधेश सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतसँग भेटवार्ता गरेका थिए।

महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आएका हुन्। कार्यक्रममा मधेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह सहभागी थिए।

प्रदेश प्रमुखको कार्यालयअगाडि मधेश सरकारले ३ दिनदेखि धर्ना दिँदै आएको थियो। प्रधानमन्त्री देउवाले चुनावपछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो।

निर्वाचनपछि गठन हुने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए।

मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा आन्दोलन शुरु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.