|

रामेछाप : नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन: अनन्तले अध्यक्ष प्रचण्डको टोलटोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन्।​

१९ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडा कटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रूपमा प्रचण्डको सालिकमा पूजा गर्ने दिन आउने दाबी गरे।

प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले बताए।

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटक-पटक आफूहरू राष्ट्रपति हुनुमा माओवादी योगदानको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको उल्लेख गरे।​

पूर्वराष्ट्रपति यादवले तराईमा भैँसी चराउने मानिसलाई माओवादी जनयुद्धले उच्च पदमा पुर्‍याएको बताउने गरेको उनले सुनाए।

०५१ सालको संसद्‍मा ७ जना र ०५६ को संसद्‍मा १२ जनामात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेण्डाका कारण हाल संसदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.