|

बैतडी : सुदूरपश्चिममा भदौ १ बुधबार गते सार्वजनिक बिदा दिइएको छ। ओल्के पर्वको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको हो।

प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भोलि बिदा हुने जनाइएको छ।

सुदूरपश्चिमका पहाडी समुदायमा भाद्र १ गते ओल्के पर्व मनाइने गरिन्छ।

ओल्के पर्वको दिन आफन्त तथा इष्‍टमित्रलाई मीठो मसिनो खानेकुरा र कोसेली दिने चलन रही आएको छ। यो पर्वलाई सुदूरपश्चिमेलीले जेठो पर्वका रूपमा समेत मनाउने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.