|

जनकपुर : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नभएको बताएका छन्।

समाजवादी युवा सङ्घको जनकपुरधाममा आजदेखि सुरु भएको राष्ट्रिय युवा भेलाको उद्घाटन गर्दै अध्यक्ष यादवले मुलुक समृद्ध बनाउनका लागि आर्थिक विकासमा जोड दिनुपर्ने बताए।

​युवालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता राज्यले गर्न सके मुलुकमा छिट्टै विकास र समृद्धि कायम हुने उनको भनाइ थियो। 'युवालाई सही ढङ्गबाट परिचालन गर्न नसकेकै कारण मुलुक पछाडि परेको हो', अध्यक्ष यादवले भने।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले युवाको नेतृत्व विकास र रोजगारी सुनिश्चितता गर्न प्रदेश सरकारले युवा नीति बनाएर अघि बढेको बढाए। युवा शक्ति नै मुलुकको भविष्य भएकाले उनीहरुलाई विकास र प्रविधिसँग जोड्न चाहेको उनले उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.