|

रुसले कब्जा गरेको क्रिमियाकोअर्को हतियार भण्डारण केन्द्रमा पनि ठूलो विस्फोट भएको छ। 

क्रिमियामा रहेको रुसी सैन्य आधार शिविरमा युक्रेनी आक्रमण भएको एक सातापछि अर्को सैन्य केन्द्रमा रहेको हतियार भण्डारण केन्द्रमा श्रृंखलाबद्ध विस्फोट भएको बीबीसीले जनाएको छ।

सामाजिक सञ्जालमा शेयर भएका भिडियोमा हतियार भण्डारण केन्द्रमा निकै बेरसम्म कैयौँ विस्फोट भएको थियो। गत हप्ता क्रिमियाको तटमा रहेको ‘ब्ल्याक सी बेस’मा रुसी लडाकु विमान ध्वस्त भएका थिए। रुसले यो विष्फोट युक्रेनले गराएको आरोप लगाएको छ।

तर  युक्रेनले यो आक्रमणलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन। युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकले पछिल्लो घटनामा युक्रेनको हात नरहेको बताए पनि यस्ता घटना अपेक्षित नै रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.