|

सामाजिक सञ्चालमा चर्चामा रहिरहने विश्वकै धनाढय एलन मस्कले पुन: एकपटक सबैलाई चकित पार्ने ट्विट गरेका छन्। उनले मंगलबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड खरिद गर्ने बताएपछि पुन एकपटक सामाजिक सञ्जाल तातेको छ।

पछिल्लो समय लगातार खराब फर्मबाट गुज्रिएपछि निराश समर्थकले मस्कलाई युनाइटेड किन्न आग्रह गर्दै आएका थिए। ५१ वर्षीय मस्क टेस्ला र स्पेस एक्सका मालिक समेत हुन्। उनको कुल सम्पति २६५ बिलियन डलर बराबर रहेको छ। उनले गत अप्रिलमा ट्विटर खरिदका लागि ४१ बिलियन डलर खर्च गर्ने निर्णय समेत गरेका थिए। तर उनले पछि ट्विटर खरिदको सम्झौता रद्द गर्ने निर्णय गरेपछि अहिले उनी विरुद्व अदालतमा मुद्दा परेको छ।

म्यानचेस्टर युनाइटेडका फ्यान समेत रहेका मस्कलाई समर्थकले भने लड्खडाएको युनाइटेड खरिद गर्दै नयाँ जोसका साथ टिमलाई अघि बढाउन आग्रह गरेका थिए।  उनले मंगलबार राति उनले एकै समयमा लगातर दुईओटा ट्विट गरेका थिए। पहिलो ट्विट उनले अमेरिकाका चर्चित दुई पार्टीको बारेमा गरेका थिए। लगत्तै उनले युनाइटेड खरिद गर्न लागेको बताए। ‘स्पष्ट रुपमा म रिपब्लिक पार्टीको देब्रे आधा भाग र डेमोक्रेटिक पार्टीको दाहिने आधा भाग हुँ’, लगतै उनले दोस्रो ट्विट गर्दै भने ‘साथै म म्यानचेस्टर युनाइटेड पनि खरिद गर्दैछु। सबैलाई स्वागत गर्न चाहन्छु।’

युनाइटेड साँच्चिकै खरिद गर्नु पर्ने अवस्था आएमा उनी तयार छन? भन्ने प्रश्न सतहमा आएको छ।

उनले युनाइटेड खरिदको लागि गरेको ट्विट अहिलेसम्म ८३ हजारले सेयर गरेका छन् भने करिब २४ हजारले प्रतिकृया दिएका छन्। करिब ३ लाखले लाइक गरेका छन्। धेरैले उनको ट्विटमा संन्देह जनाउँदै ुके यो साँचिकै होरुु भनेर लेखेका छन्।

युनाइटेड विश्वको सर्वाधिक चर्चित र धेरै फ्यान फलोइङ भएको फुटबल क्लब हो। अहिले सम्म उसले २० पटक इंग्लिस प्रिमियर लिग जित्दा ३ पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ।

अहिले यो क्लबको स्वामित्व अमेरिकन ग्लाजर परिवारमा रहेको छ। उनीहरुले ९५५.५१ मिलियन डलरमा क्लब खरिद गरेका थिए। तर पछिल्लो समय समर्थकले क्लबको निराशाजनक यात्राको मुख्य कारण क्लबको ‘ओनरसिप’ भएको भन्दै विरोध गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.