|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का उपाध्यक्ष  तथा पूर्वमन्त्री हेमराज राई एमाले प्रवेश गर्दैछन्। उनलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन्। 

मध्यान्ह १२ बजे एमाले पार्टी कार्यालयमा राईसहित जसपाका १० जना केन्द्रीय सदस्यहरु एमाले प्रवेश गर्न लागेका हुन्। 

थाहाखबरसँग कुरा गर्दै पूर्वमन्त्री राईले भने, आफू १० वर्षपछि फेरि एमालेमै फर्किन लागेको बताए।  राईले एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँगै २०६९ साल असोज १८ मा एमाले परित्याग गरेका थिए। 

उनी गत माघमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार थिए। तर एमालेका सोनाम गेल्जेन शेर्पासँग पराजित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.