|

काठमाडौं :  दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने २ केजी वस्तुसहित १ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङ रहेका छन्।

उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको खपेटा फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.