|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाई नेपाल आइपुगेका छन्।

अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाई अखिल नेपाल फुटबल संघ एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि नेपाल आएका हुन्। उनलाई आज एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले स्वागत गरे।

बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि एन्फाले उनलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो। हुमागाईले सेप्टेम्बर २७ मा काठमाडौंमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने छन्।

नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ। कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा डाकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.