|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन निर्णायक भएको बताएका छन्। पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एमाले एकजुट भएर चुनावमा जानुपर्ने बताएका हुन्। 

ओलीले भने, ‘देशको लागि आगामी निर्वाचन निर्णायक मोड हो। प्रतिक्रियावादी शक्तिहरूलाई एकमुष्ट पराजित गर्नुपर्छ। विभिन्न नाममा दक्षिणपन्थीहरूलाई एकैपटक हटाउनुपर्छ। एमालेको गन्तव्य रोक्नको लागि सबै लागिपरेका छन्। तर, हामीलाई असफल हुने छुट छैन।’

उनले एमालेले हार्‍यो भने पूरै देशले हार्ने बताए। उनले एमाले देश बनाउने उद्देश्य बोकेर हिँडेको बताए। 

‘एमालेविरुद्ध अनेकथरि तत्वहरु जोडिएका छन्। यो जोडाइ त्यसको नाम बडो नराम्रो राखेका छन् गठबन्धन। नेपालमा भएको गठबन्धन देशद्रोही हो। जनतालाई ढाँट्छ। एमसिसीलाई पत्र लेख्छ अनि होइन भन्छ पछि पत्र बाहिरिएपछि होइन भन्छ लाज शरम छैन’ ओलीले भने। 

हेमराज राई अशोक राईसँगै एमालेबाट नै अलग भएर गएका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.