|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग २० अर्ब सम्पत्ति छ भनेर भ्रम फैलाएको दाबी गरेका छन्। 

पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो नाममा २० अर्ब भएको देखाउनेलाई सबै पैसा दिने चुनौती दिए। 

ओलीले भने, ‘२ खर्ब छ रे केपी ओलीसँग, २ खर्ब त हैन २० देखि ४० अर्ब छ केपी ओलीसँग। कहाँ छभन्दा रिजर्भ बैंकमा छ। सम्पत्ति पत्ता लगाइदियो भने ९९ प्रतिशत हैन, शतप्रतिशत म उसकै नाममा गरिदिन्छु।’

आफ्नो नाममा २० अर्व देखाउन सक्ने एकैपटक मालिक हुने भन्दै टिप्पणी गरे। उनले केही परिचालित व्यक्तिहरुले ओलीले धेरै पैसा राखेको भन्दै भ्रम फैलाउन लगाएको बताए। त्यस्ता व्यक्तिहरुको काम नै त्यस्तै हुने गरेको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.