काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ८५२ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यसबीचमा ६ हजार ३८३ जनाको परीक्षण गर्दा ८५२ जना संक्रमित भेटिएका हुन। आज संक्रमणबाट हुने मुत्यु शून्य रहेको छ।
यस्तै, आज ३२८ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म देशभर सक्रिय संक्रमितको ५ हजार ४६२ जना रहेका छन। सक्रिय संक्रमित मध्ये ७ जना भेन्टिलेटर र ५९ जना आइसियुमा उपचार गराइरहेका छन् भने २०३ जना संस्थागत आइसोलेशनमा र ५२५९ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।