|

हेटौंडा : बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुईवटा अध्यादेश जारी गरेका छन्।

प्रदेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिश भई आएका दुईवटा अध्यादेश जारी गरेका हुन्।

उनले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका छन्।

प्रदेश मन्त्रिपरिषद्को २४ साउन २०७९ मा बसेको बैठकको सिफारिशमा अध्यादेश जारी गरेको थियो। प्रदेश सरकारले लामो समयदेखि निजामती ऐनको अभावमा काम गर्न नसकेको गुनासो गर्दै आएको थियो।

प्रदेश र संघीय सरकारको साझा अधिकारको सूचीमा रहेको उक्त ऐन संघीय सरकारले बनाएपछि मात्रै प्रदेशले बनाउन सक्ने प्रावधान छ। तर संघ सरकारले सो ऐन निर्माणमा चासो नदिएपछि प्रदेश सरकारले अध्यादेश जारी गरेको हो।

स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ ले प्रदेश भित्रका स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारी व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन, कर्मचारीको नियुक्ति, बढुवा, सरुवा, विभागीय कारबाही, स्थानीय सेवा र सेवाका समूह तथा पदहरूमा एकरुपता तथा सुशासन कायम गर्न अध्यादेशले महत्वपूर्ण कानुनी आधार प्रदान गरेको छ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद प्रदेश निजामती सेवाको पद हुने व्यवस्था अध्यादेशले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.