|

बैतडी : बैतडीको  दशरथचन्द नगरपालिका-४ बिनासौंमा पासोमा परेको चितुवा उद्धारका क्रममा मरेको छ। उक्त चितुवा बुधबार बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा बुधबार दिउँसो मरेको हो।

उनले भने, ‘पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं। सोही क्रममा चितुवा मरेको हो। चितुवाको ढाडमै पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट पुगेको हुनसक्छ।’

पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली बोलाएको भए पनि टोली नपुग्दै चितुवा मरेको हो। मरेको चितुवाको मुचुल्का उठाएर डिभिजन वन कार्यालय परिसरमै गाड्ने तयारी गरेको छ।

बँदेलबाट मकैबाली जोगाउन यहाँका किसानहरूले थापेको पासोमा चितुवा फसेको प्रहरीले जनाएको छ। पछिल्लो समय यहाँ जंगली जनावरले आतंक मच्चाउन थालेपछि किसान हैरान भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.