|

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

आयोगको आजको बैठकले भदौ २० गतेभित्र ७७ वटै जिल्लामा कार्ययोजना तयार पारेर सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार सवै जिल्लामा प्रमुख जिल्ला अधिकारी तोकेर सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोक्नसमेत आग्रह गरिएको छ।

आयोगले निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएका दलहरूको कागजात जाँच गर्न आजदेखि शुरु गरेको छ। निवेदन दिएका सबै ८४ वटा दलको कागजात जाँच एक साताभित्र सकेर अन्तिम सूची प्रकाशन गर्ने तयारी गरिएको अर्यालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.