आगामी आइतबार निर्णय आउने सम्भावना बलियो

|

काठमाडौं : संवैधानिक इजलासले कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय सुनाउने मिति फेरि ४ दिन पछाडि सारेको छ।

३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय सुनाउने मिति पटक पटक तोकिँदै र पछि सारिँदै आएको थियो। यसअघि साउन १७ गते नै निर्णय गर्ने मिति तोकेको अदालतले त्यसदिन पनि आजको लागि भाका सारेको थियो।

बुधबारको इजलासले पनि फेरि ४ दिनपछि आइतबार निर्णय सुनाउने मिति तोकेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार आगामी आइतबार भने निर्णय आउने सम्भावना बलियो छ।

संवैधानिक इजलासले यो मिति पुनः पछि नसारेमा भदौ ५ गते कर्मचारी समायोजनको विवाद सकिनेछ।

विवाद समाधानका लागि कर्मचारी समायोजनसम्बन्धी परेका ९९ वटा मुद्दा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानले ३ दिन अघिदेखि गृहकार्य गरिरहेको पौडेलले बताए।

संघीयता कार्यान्वयनका क्रममा ४ वर्षअघि सरकारले निजामती सेवाका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो तर समायोजनमा अन्याय भएको र प्रक्रिया नमिलेको भन्दै कर्मचारीले सर्वोच्चमा रिट दायर गरेका थिए।

संवैधानिक इजलासले समयमै मुद्दाको फैसला नगर्दा निजामति कर्मचारीको पदपूर्तिसमेत अस्तव्यस्त बन्न पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.