|
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको  बैठक बस्दै छ। बिहीबार बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ। 

संसदबाट बिहीबार नै पारित गरेर पठाउन लागिएको नागरिकता विधेयक, प्रतिनिधिसभा र प्रदेश सभाको आसन्न निर्वाचन, गठबन्धन दलबीच सिट बाँडफाँडलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ। 

सिट बाँडफाँड कार्यदलमा भएको प्रगति विवरण पनि बैठकमा पेश गर्ने एक नेताले जानकारी दिए। 

साउन २० गते गठन भएको कार्यदलले सिट बाँडफाँडको ठोस खाका तयार गर्न नसकेपछि गठबन्धन दलका शीर्ष नेताहरु नै छलफलमा जुट्न लागेका हुन्। 

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन र गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम तथा दलीय संवेदनशीलताका आधारमा सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो। तर बुधबार बसेको कार्यदलको बैठकमा कांग्रेसबाहेकका दल गत निर्वाचनको मत परिणामलाई आधार मान्न तयार नदेखिएपछि कार्यदलभित्र कुरा मिल्न नसकेको हो।

कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरुले छलफल गर्ने र सिट बाँडफाँडको टुंगो लगाउने तयारी गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.