|

काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा बस र अटो रिक्सा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। 

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका– २ का ४९ वर्षीय ढकबहादुर लुंगेली मगर, ३९ वर्षीय प्रेम ठाडा मगर र अटो चालक ३९ वर्षीय रवि मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलबहादुर बुढा मगरका अनुसार काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान ५ बजे चन्द्रपुरको लच्कामा ठोक्किएका हुन्।

घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको दुवै गोडामा चोट लागेको छ। उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.