|

काठमाडौं : उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन गएराति तीनबुँदे सहमति भएको छ।

काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि तीनबुँदे सहमति भएको हो।

सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुमागन गरिने भएको छ। थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै धादिङको धुनिबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेतीले गएराति भएको सहमति अनुसारका विषयमा छलफल गर्न सर्वदलीय बैठक जानकारी दिए। 

बिहीबार बिहान ११ बजे बस्ने सर्वदलीय बैठकमा स्थानीय बासिन्दाको आन्दोलन र सहमतिका बुँदा कार्यान्वयन सम्बन्धमा छलफल हुने जानकारी दिए। बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र विगतमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति गएराति भएको हो।

पाँच घण्टा लामो छलफलपछि भएको सहमतिसँगै फोहोर व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। तर स्थानीयले आन्दोलन फिर्ता लिएका छैनन्। सहमतिबारे आधिकारिक जानकारी आएपछि मात्रै आन्दोलन रोक्ने धुनीबेसी नगरपालिका– १ का नेपाली कांग्रेसका नेता पूर्णसिंह तामाङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.