|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसदमा लगातार १० पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरूबारे संसदमा जानकारी गराएका छन्। 

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरूबारे जानकारी गराएका हुन्। 

संसदमा सांसदहरुको गयल हुने प्रवृत्तिले सभामुख आफैँ आजित भइसकेका छन्। संसदमा छलफलपछि कुनै पनि विधेयक पारित गराउनका लागि गणपूरक समेत नपुगेर पटक-पटक बैठक स्थगित गर्दै आइरहेका छन्। त्यसबारे सभामुखले सार्वजनिक रूपमै असन्तुष्टि जनाइरहेका छन्। 

उनीहरुको लगातार बैठकमा अनुपस्थित भएको प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भइसकेको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.