|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ। 

संसदमा नागरिकता विधेयकमाथि छलफल चलिरहेको बेलामा त्यसको विरोधमा देशभक्त युवा नेपालले संसद् भवन अगाडि गरेको प्रदर्शनमा उत्रिए। तर, प्रहरी हस्तक्षेप गरेको छ। प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

सत्ता पक्षले बहुमतको बलमा नागरिकता विधेयक अगाडि बढाउने तयारी गरिरहेको बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यसको विरोध गरिरहेको छ। प्रतिपक्षले मात्रै नभएर सत्ता पक्षकै सांसदहरुले पनि नागरिकता विरोध संशोधनको माग गरिरहेका छन्। 

तस्वीरहरू 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.