|

काठमाडाैं : सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन्।

नागरिकताबाट वञ्चित नेपाली सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसद्‍बाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे।

बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने धारणा राखे।

उनले भने, ‘खासगरी लाखौं नेपाली नागरिकहरु जसको बुबा नेपाली नागरिक हो। जसले जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेको छ। उनीहरुका छोराछोरीहरू अथवा त्यस्ता नागरिकका छोराहरूले नागरिकता नपाएको अवस्थामा विदेश भ्रमणको अवस्था होला वा कुनै बैंक एकाउन्टको कुरा होला। एउटा सामान्य दैनिक जीवनका कुराहरु, अप्ठ्याराहरू भोगिराखेको सन्दर्भमा फुकाउनका लागि ल्याइएको हो र अरु केही जरुरी कुराहरु मात्रै यसमा राखिएको छ। यसलाई आगामी दिनमा राष्ट्रिय सहमति बनाएर बाँकी विषयहरु खासगरी बैबाहिक अंगीकृत लगायतका विषयमा फेरि प्रस्तुत हुन्छ भनिएको छ। त्यसैले नागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔँ। बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौँ भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयज्यूहरुलाई आग्रह गर्दछु।’

नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको सो विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रिया भित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.