|

काठमाडौं : नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य नहुने बताएका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि नहुने भन्दै संविधानअनुसार चल्न सरकारसँग आग्रह गरे। 

‘नागरिकता नपाउने को हुन्? कतिले पाएका छैनन् र कतिले नेपालको नागरिकता गैरकानुनी किसिमले पाएका छन् त्यसको छानबिन गरौँ।

कतिले पाएका छैनन् बल्ल थाहा हुन्छ। नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने तर्क कसरी गलत हुन्छ? यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट चिरकाल नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनसायबाट प्रेरित तर्क हो’  उनले भने। 

 नेपालको नागरिकता गैरकानुनी किसिमले पाएकाहरूको छानबिन गर्न र नपाउने नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने बताए। नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनसायबाट प्रेरित तर्क भएको दाबी गरे। 

संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधानविरोधी काम गरिरहेको आरोप लगाए। 

‘वास्तविक नागरिकले नागरिकता पाउने र विदेशीका लागि ढोका खुलै नछोड्ने कुरा छ नेपालको राष्ट्रिय हितमा छैन र? नागरिकता जस्तो संवेदनशील विषय सांसदहरुले संशोधन हाल्दा र राष्ट्रपतिले पुनर्विचारका लागि पठाउँदा समितिमा छलफल गर्नपनि तयार नहुने कुरा यस्तै हो लोकतन्त्रको अभ्यास ? यही हो राष्ट्रियताप्रतिको संवेदनशीलता ? कसैले भन्नसक्छ ? सकिँदैन। ७ वर्षसम्मको अवधि तोक्ने कुरा त सहमति भएको थियो’ उनले भने।

‘आज सहमतिबाट पछि हटेर काम गर्ने? बालुवाटारमा बस्ने ५ दलको संयन्त्र कुन धारा अन्तर्गतको संयन्त्र हो ? त्यसले जे फैसला गर्छ त्यो संविधान भन्दा माथि हुन्छ ? यदी त्यस्तो हो भने राजतन्त्र किन समाप्त गरेको ? ५ दलीय अमिर छन् नि कतिपय देशमा त्यस्तै संयन्त्र बनाउने प्रणाली गरे हुँदैन ? यस्तो मिल्दैन । नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य हुँदैन ।’

संविधानभन्दा गठबन्धनले गरेका निर्णयहरु हुनेभए राजतन्त्र किन समाप्त गरेको ? भन्दै प्रश्न गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.