|
फाइल

उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा बिहीबार बिहान रुसले गरेको बमबारीमा ४ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन्।

टर्कीका नेता रेसेप तैयप एर्दोगान र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच युक्रेनको पश्चिमी शहर एलभिवमा भएको बैठक हुनुअघि यो आक्रमण भएको थियो। खार्किभमा एकदिन पहिले भएको रुसी आक्रमणमा कम्तीमा ७ जनाको ज्यान गएको थियो।

युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा मस्कोले फेब्रुअरीको अन्त्यदेखि लगातार रुसले गोलाबारी गर्दै आएको छ। मस्कोको सेनाले स्थानीय समयानुसार बिहीबार बिहान साढे ४ बजे शहरको पश्चिमी र उत्तरी जिल्लामा रुसी क्षेत्रबाट ८ क्षेप्यास्त्र प्रहार गरेको खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभल बताए।

आक्रमणमा धेरै भवनहरू जलेका र सवारीसाधन ध्वस्त भएर टुक्रा टुक्रा भएका भग्नावशेष देखेको घटनास्थल पुगेका एएफपीका पत्रकारहरूले जानकारी दिएका छन्। रुसी सेनाले युक्रेनमा आक्रमण गर्दा शुरुमा नै खार्किभ कब्जा गर्ने प्रयास गरेका थिए। शहरका अधिकांश उत्तरी आवासीय जिल्लाहरूमा गोलाबारी गरिरहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.