|

दक्षिण अकल्याण्डको एक भण्डार गृहमा सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

डिटेक्टिभ (गुप्तचर) इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पुराना सामानहरूको भण्डारमा फेला परेको बताए।

न्युजिल्यान्ड हेराल्डका अनुसार प्रारम्भिक संकेतका आधारमा टोलीले ती मृत बालबालिका फेला पर्नुअघि कैयौँ वर्षदेखि सुटकेसभित्र रहेको हुनसक्ने अनुमान गरेको थियो। वाएलुआले यो खबरले न्युजिल्यान्डवासी निकै दुःखी तुल्याउने आफूले बुझेको बताए।

प्रहरी अझै पनि अनुसन्धानको प्रारम्भिक चरणमै रहेको उनले उल्लेख गरे।

'तर ती बच्चाहरूको अवशेष धेरै वर्षदेखि सुटकेसमा रहेको हुनसक्ने देखिन्छ', उनले भने, 'प्रहरीले भण्डार गृहको भाडाको सन्दर्भमा अनुसन्धानको सकारात्मक संकेतहरू पछ्याइरहेको छ।'

ती बालबालिका ५ देखि १० वर्ष उमेर समूहका रहेको र उनीहरूको मृत्यु कहिले र कहाँ भएको हो भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको प्रहरीको गुप्तचर निकायले जनाएको छ।

'म के भन्न सक्छु भने हामीले डिएनए जाँचमा घटनासँग सम्बन्धित निकै राम्रा संकेत पाएका छौं', उनले भने, 'अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन र यी साना केटाकेटीलाई के भयो भनेर पत्ता लगाउन सक्दो प्रयास गरिरहेका छौं। यो कुनै सजिलो अनुसन्धान होइन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.