|

काठमाडाैं : बुधवार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीवार वृद्धि भएको छ।

बिहीवार नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.५१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेको छ।

बिहीवार कारोबारमा आएका २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधवार साढे १ अर्बभन्दा कमको शेयर कारोबार भएको थियो।

बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक सकारात्मक देखिएका छन्।  जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन्। त्यस्तै, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

बिहीवार नेप्से बढेसँगै चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रोइलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, हिमालयन हाइड्रोपावर र बलेफी हाइड्रोपावर शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। तर यता, सपोर्ट माइक्रोफाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ। आज रिडी हाइड्रोपावर कम्पनीले  १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.