|

खोटाङ : खोटाङका भूमिहीन र अव्यवस्थितहरुले भूमि प्राप्तिका लागि निवेदन दिने समय सुरु भएको छ।

राष्ट्रिय भूमि आयोगले नेपालका २ सय ४० स्थानीय तहका लागि भदौ १ गते सूचना प्रकाशन गरेको छ।

जसमा खोटाङका दश वटै स्थानीय तहहरु रहेका छन्। जिल्लाका सबै पालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम सम्बन्धित वडा कार्यालयमा भदौ १ देखि असोज ४ गतेसम्म निवेदन दिनसक्ने आयोगको सूचनामा उल्लेख छ।

निवेदन दिन आयोगको केन्द्रीय कार्यालयले सूचना प्रकाशन गरेसँगै जिल्ला कार्यालय खोटाङले बिहीबार समन्वय समितिको हलमा पत्रकार सम्मेलन गरेको थियो। सम्मेलनमा बोल्दै भूमि आयोग खोटाङका अध्यक्ष सुरेश राईले पालिका र वडाहरूमा सहजीकरण समिति निर्माणका लागि ताकेता गरिरहेको बताएका छन्।

निवेदनका लागि सूचना प्रकाशन भएको भदौ १ गतेको ३५ दिन भित्रसम्ममा निवेदन संकलन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.