|

काठमाडाैं : बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले मुलुकमा तीनै तहको सरकारको आवश्यकता रहेको बताएका छन्।

उनले तत्काल प्रादेशिक संरचना खारेजीको माग गर्न नहुने बताए। आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रादेशिक संरचना सङ्घीयताको मेरुदण्डको रुपमा रहेको बताए।

मन्त्री खनालले यस संरचनालाई सिर्जनात्मक रुपमा अगाडि बढाउन कानुनहरू परिमार्जन गर्दै लैजानुपर्ने भएकाले आफूहरु त्यसमै सक्रिय भइरहेको बताए।

प्रदेश सरकारले जारी गरेको अध्यादेश तथा कानुन निर्माणको अवस्थाबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गरिएको बताउँदै मन्त्री खनालले प्रदेश सरकारबारे टिप्पणी, मूल्याङ्कन र आलोचना गर्ने समय भइनसकेको स्पष्ट गरे।

प्रदेशमा विभिन्न मन्त्रालयका सचिव प्रदेशकै ११ औँं तहका कर्मचारीलाई बनाउने गरी कानुन ल्याइएको र तत्काल कार्यान्वयन गर्ने मन्त्री खनालको भनाइ छ। प्रदेश सरकारले ल्याएको अध्यादेशमा ११औँ तहका कर्मचारी सचिव हुने उल्लेख रहेको उनले बताए। अब त्यसैअनुसार कार्यान्वयन गर्ने उनको भनाइ छ। सरकारले ल्याएको अध्यादेश अब बस्ने संसद्को पहिलो बैठकमा पेश गरिने मन्त्री खनालले जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.