|

ललितपुर : नेपाल टेलिभिजनमा समाचार वाचनमा अब्बल स्थान बनाएकी रमा सिंह मिडिया पर्सन भन्दा पनि नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पहिलो कप्तान भन्न बढि रुचाउँछिन्। लामो समय नेपाल टेलिभिजनमा आबद्ध रमा सिंहले फुटबलकै कारण आफू चिनिएको बताएकी छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले मासिक रुपमा गर्दै आएको स्पोर्ट्स डाइलगको दोस्रो शृङ्खलामा  सहभागी हुँदै उनले यस्तो बताएकी हुन्। फुटबलमा लगाव र मिहिनेत गर्न सिकाएको स्पोर्ट्स पर्सन भएको हुनाले टेलिभिजनमा जमेर लाग्न सकेको  उनको भनाई छ।

‘मलाई टेलिभिजनमा रमा सिंह बन्नलाई हन्ड्रेड पर्सेन्ट स्पोर्ट्सले नै सहयोग गरेको हो। काठमाडौं भ्यालीमा रमा सिंह भनेर चिनिने बनाएको फुटबलको माध्यमबाट नै हो’  सिंहले भनिन्, ‘त्यतिबेला केटीहरु बाहिर निस्कनु हुन्न भन्ने अवस्था थियो, झन् त्यसमा सर्ट लगाएर फुटबल खेल्ने परको कुरा हो। हामीले त्यही बेलामा फुटबल शुरु गर्‍यौं।’ उनका अनुसार काठमाडौं उपत्यकामा महिलाको सामान्य लोकल टुनामेन्टमा पनि रंगशाला खचाखच हुन्थ्यो, तर त्यही बेला रंगशालामा पुरुष फुटबलमा त्यति दर्शक हुदैनथे।  यस्तै सिंहले मिडियामा पनि फुटबलमा जतिकै मिहिनेत गरेका कारण धेरै सहयोग पुगेको बताइन्। आफुलाई स्पोर्ट्स र मिडिया पर्सन दुवै भन्नमा रुचाउने सिंहले ‘टेलिभिजनमा निरन्तर अब्बल भएर लाग्नुको पछाडी स्र्पोट्स पर्सनको नाताले सहयोग भएको बताइन्।

बागमती अञ्चल फुटबल टोलीकी पूर्व कप्तान समेत रहेकी सिंहले  त्यतिबेलाको क्षण सम्झिदै भनिन्, ‘मेरी दिदी र मसहित अरु  ११ जना केटाहरुको सर्कलमा हुर्किएका थियौं। उनीहरुले जे खेल्थे त्यही खेल्थ्यौँ। त्यसले पनि हामीलाई जुनसुकै खेलमा जानलाई सहयोग मिल्यो।’ उनीहरु भलिबल खेले हामी पनि भलिबल खेल्थ्यौँ , साइक्लिङ खेले साइक्लिङ नै खेल्थ्यौ , त्यही वातावरणबाट हामी अगाडी बढ्यौँ’ , उनले थपिन्। 

‘पद्मोदय कलेजमा भर्ना भएपछि भलिबल टिम बनायौं। म भलिबलमा राम्रो रेजर थिए। अन्तर कलेज टुनामेन्टमा हामी प्रथम पनि भयौं। २०३८ सालतिर तत्कालिन राजा वीरेन्द्रको शुभराज्यभिषेकको सन्र्दभमा मनाइने शिक्षा दिवसको अवसरमा प्रदर्शनी खेलका लागि हामी गयौं त्यही बेलामा एएफसीले महिला फुटबललाई पनि अघि बढाउनुपर्ने कुरा आएपछि एन्फाले पनि महिला टोली बनाएको हो।’

‘त्यति बेलाका एन्फाका अध्यक्ष कमल थापाले हामीले भलिबल खेलेको देखेपछि तपाईहरु भलिबल राम्रो खेल्नु हुँदो रहेछ हामीले महिला टिम बनाउन लागेका छौं तपाईहरु आउनुहोस् भनेपछि त्यसरी नै पपुलर फुटबलमा आफू होमिएको बताइन्। सिंहले फुटबलको राष्ट्रिय टोलीको तयारीको स्मरण गरिन्। आँफुलाई मन पर्ने फुटबलमा लागेको हो, उनले भनिन्,‘त्यतिबेला टिम थिएन। महिला स्कुलमा खेलाडी खोज्न हिड्यौं।

त्यसबेला के कन्सेप्ट आयो भने धरान र पोखरामा विदेशबाट आएको लाहुरेको छोरी हुन्छ उनीहरु स्मार्ट हुन्छ। त्यहाँ टिम हुन्छ भन्ने भएपछि धरान पोखरा र काठमाडौंमा टिम बनेको हो। त्यहीबाट नै राष्ट्रिय टोली बनेको हो।’

प्रदर्शन खेलपछि नै पहिलो महिला राष्ट्रिय टिम बन्यो। दार्जिलिङ ११ टोली सँग नेपाली महिला टिमले पहिलो म्याच खेलेको सिंह सम्झन्छिन्। प्रारम्भिक छनौटमा फर्वाडका लागि धेरै दौडिन सक्नेलाई टिममा बढि प्राथमिकता भएको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.