|

काठमाडौं : ​ युक्रेनमाथि रुसी आक्रमण रोक्ने कुटनीतिक पहलका लागि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस युक्रेन पुगेका छन्।

गुटेरेसले लविवमा रुसी आक्रमणबाट भएको क्षतिको जानकारी लिएका छन्  गुटेरेससँगै टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगान पनि युक्रेन भ्रमणमा छन्। गुटेरेस र एर्दोगानसँगको भेटमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट निर्यात हुने खाद्यान्न थुप्रिइरहेको र त्यसलाई सहज बनाउन रुस जिम्मेवार हुनुपर्ने बताए।जेलेन्स्कीले जपोरिजिया परमाणु केन्द्रको अवस्थाबारे पनि गुटेरेसलाई जानकारी गराएको बताइएको छ।

यसैबीच रुसले जपोरिजिया परमाणु केन्द्रमा युक्रेनले आक्रमणको तयारी गरेको आरोप लगाएको छ। युरोपकै सबैभन्दा ठूलो यो परमाणु केन्द्र अहिले रुसी सेनाको नियन्त्रणमा छ । रुसले यो परमाणु केन्द्रमा दुर्घटनाको बाहनामा युक्रेनले आक्रमणको योजना बनाइरहेको जिकिर गरेको हो। तर, युक्रेनले भने यसअघि देखि नै रुसी सेनाले परमाणु केन्द्रमा आक्रमण गर्ने तयारी गरेको आरोप लगाउँदै आएको छ।

केही दिनअघि युक्रेनी राष्ट्रपतिले परमाणु केन्द्रमा आक्रमणमा सहभागी हुने प्रत्येक रुसी सैनिकविरुद्ध कडा कारबाहीको चेतावनी दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.