|

कञ्चनपुर : बेलौरी नगरपालिका दुध उत्पादनमा आत्मनिर्भर भएको छ। नगरपालिकामा दुध खपत नभएर बाह्य जिल्लामा पठाउन हुन थालेको छ।

उन्नत नश्लका गाई र भैसीको व्यवसायीक पालनमा जोड दिईन थालेपछि नगरपालिका दुग्ध उत्पादनमा आत्मनिर्भर हुन थालेको हो।

नगरपालिकाको पशु विकास शाखाका प्रमुख तारादत्त अवस्थीका अनुसार दैनिक नगरपालिकामा  तीन हजार देखि तीन हजार ५०० लिटर बढी दुध उत्पादन हुने गरेको छ। जस मध्ये दैनिक एक हजार देखि एक हजार पाँच सय लिटर दुध नगरपालिकामा खपत हुने गरेको छ।

 दुई दिनको फरकमा दुध संकलन केन्द्रबाट तीन हजार लिटर दुध बाह्य क्षेत्रमा बिक्रीका लागि पठाइने गरेको छ। हाल दुध कैलाली जिल्लामा बिक्रीका लागि पठाइने गरिएको छ। दुध संकलन गर्नका लागि केन्द्रमा चिलिङ्भ्याटको समेत व्यवस्था गरिएको छ। 

‘उन्नत नश्लका गाई भैसीको व्यवसायीक पालनका लागि किसानलाई प्रोत्साहीत गर्न थालिए पछि दुधको उत्पादन बढेको छ’, उनले भने, ‘त्यसकै प्रतिफल स्वरुप नगरपालिका दुग्ध उत्पादनमा आत्मनिर्भर भएको छ।’  उनका अनुसार नगरपालिका क्षेत्रमा आठ वटा ठुला व्यवसायीक गाई भैसीपालन फर्महरू सञ्चालनमा रहेका छन।

 एउटै फार्ममा कम्तीमा १० देखि बढीमा १५० वटा सम्म उन्न्त नश्लका गाई भैसी पालिएका छन्। किसानबाट डेरी सञ्चालकले ५० देखि रु ५५ प्रति लिटरका दरले दुध खरिद गरी बजारमा ६० देखि ६५ प्रति लिटरका दरले दुध बिक्री गर्ने गरेका छन।

दुग्ध उत्पादनका लागि गाई भैसीको व्यवसायीक पालनमा लागेका किसानलाई पशु विकास शाखाबाट गोठ सुधार, चारो काटने विद्युतीय मेसिन, औषधी लगायत अनुदानमा उपलव्ध गराइदै आएको छ।

‘किसानलाई गत वर्ष सुपरनेपियर, स्मार्ट नेपियर लगायतका बहुवर्षे घाँसको वीउ उपलव्ध गराएका थियौं’, कार्यालय प्रमुख अवस्थीले भने, ‘यस वर्ष अझै उन्नतजातका घाँसका जातको बीउ किसानलाई दिनका लागि योजना बनाएका छौं।  प्रत्येक वर्ष नयाँ जातका घाँसका जातका बीउ व्यवसायीक पशुपालनमा लागेका किसानलाई उपलव्ध गराउदै आएका छौं।’

यसका अतिरिक्त गाई भैसीको व्यवसायीक पालनमा पालेका किसानलाई लिभर टनिक, जाईजेष्टीक टानिक, जुकाको औषधी, रेविज विरुद्धको सूई बाह्रै महिना निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था गरिएको उहाँको भनाई रहेको छ।

व्यवसायीक किसानको क्षमता अभिवृद्धि गर्नका लागि मागको आधारमा तालिम दिने व्यवस्था समेत पशु विकास शाखले गर्दै आएको छ। शाखामा कर्मचारी अभाव हुँदा प्रत्येक व्यवसायीक गाई भैंसी फार्ममै पुगेर सेवा दिन भने नसकिएको प्रति कार्यालय प्रमुख अबस्थी असन्तुष्टी व्यक्त गर्छन।

‘गुणस्तरयुक्त दुधको उत्पादनमा जोड दिनका लागि समेत कार्यक्रम सञ्चालन  गर्दै छौं’, अवस्थीले भने, ‘यसलागि गाई भैसीको व्यवसायीकपालनमा लागेका किसानलाई आधुनिक तरिकाले गोठ निर्माण गर्ने, कार्यक्षमता बढाउनका लागि घाँस काटने अटामेटिक मेसिनको व्यवस्था हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.