|

काठमाडौं : अमेरिकी आइडल फाइनलिस्ट नेपाली मूलका गायक दिवेश पोखरेलले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन्।

नेपालमा हुन लागेको पहिलो सांगीतिक यात्राबारे जानकारी दिन बिहीवार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा भएका समर्थकहरूका लागि संगीत प्रस्तुत गर्न नेपाल आएको बताए।

नेपालमा शनिवारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि उनीसहितको टोली नेपाल आएको हो। उनले नेपालमा रहेका समर्थकहरूका लागि सांगीतिक प्रस्तुति दिन र नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेन्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको बताए।

एक महिनाको उनको नेपाल बसाइमा नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिने बताए। उनले संगीत युनिभर्सल ल्याङवेज भएकाले यसबाट नै नेपालको पर्यटन प्रवर्धन गर्न सकिने उल्लेख गरे।

गायक दिवेशले देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट गर्नेछन्। उनले नेपाल संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने सांगीतिक टूर डकुमेन्ट्रीले झनै नेपालको पर्यटन प्रवर्धन हुने विश्वास व्यक्त गरे।

सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आएका गायक पोखरेलले अमेरिका संगीतको हिसाबले राम्रो ठाउँ भएको बताए। उनी अमेरिकन आइडलमा रनर अप भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.