|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र पद र प्रतिष्ठाका निम्ति प्रतिस्पर्धा बढ्न थालेको गुनासो गरेका छन्।

पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रबार उद्घाटन गर्दै उनले यस्तो गुनासो गरेका हुन्।

जनयुद्धका बेला मर्न जानका लागि पनि प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै प्रचण्डले अहिले पद, प्रतिष्ठा र सुविधाका लागि प्रतिस्पर्धा केन्द्रित हुने गरेको बताए। 

‘आन्दोलनको समयमा हाम्रो बीचमा प्रतिस्पर्धा हुने गर्थ्यो। सबैभन्दा अग्रमोर्चामा जान प्रतिस्पर्धा हुन्थ्यो। मोर्चामा जान नपाउँदा असन्तुष्टि व्यक्त गर्ने, म पनि जान पाउनै पर्छ भनेर नेतृत्वलाई घेरा हाल्ने, दबाब दिने हुन्थ्यो। एक हिसाबले मर्न जान पनि नपाउने भन्ने प्रतिस्पर्धा हुन्थ्यो, तर आजभोलि त्यस्तो छैन।’ 

प्रचण्डले भने, ‘मैले यो पद किन नपाउने भनेर पदको निम्ति, प्रतिष्ठा र सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ,संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ । आजभोलिको अनुभव अलि नमिठो छ। यसलाई करेक्सन गर्न पनि युवाहरुले एउटा उर्जा दिन सक्छ । पार्टी भित्र विचलनका संकेत ठीक गर्न पनि युवाहरुको भूमिका महत्वपूर्ण छ।’

उनले आगामी चुनावमा माओवादीलाई विजयी बनाउनका लागि एउटा फौजका रुपमा प्रस्तुत हुन वाईसिएललाई निर्देशन दिए।

समाजवादको यात्रामा पुग्ने यसअघिको प्रयास केही कारणले असफल भएको भन्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने, समाजवाद निर्माण गर्नका लागि नयाँ शिराबाट पहल गर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.