|

दक्षिण कोरियामा १ लाख ३८ हजार ८१२ जना कोरोना संक्रमित भएका छन्।

दक्षिण कोरियामा पछिल्ला केही हप्ता दैनिक १ लाखभन्दा बढी मानिस कोरोना संक्रमित हुने गरेका छन्। योसँगै अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड २० लाख ३७ पुगेको छ।

कोरियाली स्वास्थ्य अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार गत हप्ता औसतमा दैनिक संक्रमितको संख्या १ लाख २६ हजार ९ सय २६ रहेको थियो।

बिहीबार सार्वजनिक गरिएको विवरणमा भने शुक्रबारभन्दा धेरै संक्रमित भएको देखिएको थियो। अहिले संक्रमित अवस्थामै रहेकामध्ये ४ सय ९२ जनाको अवस्था गम्भीर रहेको स्वाथ्य अधिकारीले जनाएका छन्।

यो संख्या अघिल्लो दिनको भन्दा २२ ले बढी हो। पछिल्लो एकदिनमा कोरोनाका कारण दक्षिण कोरियामा ८३ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको संख्या कोरियामा २५ हजार ८९६ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.