|

काठमाडौं : शुक्रबार ४ बजेदेखि १ घण्टामा सिन्धुली, मकवानपुर, चितवन, गोरखा, नवलपरासी, दाङ, कैलाली, डडेलधुरा र त्यस आसपासका केही स्थानमा मुसलधारे पानी परेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै वर्षा हुने देखिएको भन्दै सचेत रहन स्थानीयलाई आग्रह गरेको छ।

महाशाखाले यी ठाउँ आसपासका साना नदी, तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन अनुरोध गरेको छ।

‘उक्त स्थानमा थप वर्षा हुन सक्ने देखिएको उक्त जिल्लाहरू भई बग्ने साना नदीमा पानीको आकस्मिक बहाव हुन सक्छ, स-साना नदी तटका क्षेत्रमा सतर्कता अपनाऔँ,’ सूचनामा उल्लेख छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.