|

काठमाडौं : नेपाली समकालीन राजनीतिका वरिष्ठ राजनीतिज्ञ तथा समाजवादी चिन्तक माननीय प्रदीप गिरि प्राणघातक क्यान्सर रोगबाट ग्रसित भई  मेडीसिटी अस्पतालको आइसियु कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिरहेका छन्।

उनको शीघ्र स्वास्थ्य लाभको कामाना गर्दै आज नेपाली काङ्ग्रेस वैचारिक अभियानको आयोजनामा नेपाल साङ्स्कृतिक सङ्घ, डिल्ली बजारमा प्रार्थना शभा गरेको छ।

नेपाली काङ्गग्रेस वैचारिक अभियानका संस्थापक संयोजक युवराज खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैचारिक नेता नरहरी आचार्य , दीपकुमार उपाध्याय ,दुर्गासुवेदी लगायतले उहाको ब्यक्तित्वको बारेमा प्रकाश पार्दै स्वास्थलाभको कामना गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु एनपि सावद, दीपक गिरि, सन्जय गौतम ,प्रतिमा गौतम ,गुरु बराल नानू बास्तोला साथै नेताहरु तिर्थराम डंगोल ,होमनाथ दाहाल को पनि सहभागिता थियो।

वटुकहरुद्वारा शान्ति पाठ र महामृत्युञ्जय मन्त्रोचारण गरी सुरु गरिएको प्रार्थना सभामा सहभागी सबैले दीप प्रज्वलन गरी चिन्तक गिरिको स्वास्थलाभको कामना गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.