|

काठमाडौं : नेपाली कांग्रेसका नेता‚ सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनको उपचार सघन उपचार कक्ष (आइसियू) मा भइरहेको छ।

घाँटीको क्यान्सरबाट पीडित भइ करिब ३ साताअघि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थमा थप सुधार नदेखिएपछि आइसियूमा राखी चिकित्सकहरूले स्वास्थ्यमा सुधार गर्न प्रयास गरिरहेको बताएका छन्।

उनको शरिरका अन्य भागमा पनि क्यान्सर फैलिएको छ भने निमोनियासमेत देखिएपछि स्वास्थ्य स्थिति थप जटिल भएको हो।

मेडिसिटीबाट फर्केका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीका अनुसार नेता गिरिको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.