|

शहरमा खाली ठाँउ छैन। जग्गा व्यवसायीले काठमाडौं उपत्यकाकाको काँठका कुनाकाप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन्। 

पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ। बर्खे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ। 

पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ।  स्थानीय सरकारसँग जग्गा सम्याउने अनुमति लिएर व्यावसायीले मालपोतसँग साँठगाँठ गरेर जग्गा कित्ताकाट गरेर प्लटिङ गर्दै आइरहेका छन्।

बर्खायाम लागेपछि बस्ती जोखिममा परिरहेका छन् । काठमाडौंका सिमित क्षेत्रमात्र होइन, प्लटिङको समस्या उपत्यकाभर नै छ । प्लटिङले उत्पन्न गराएको समस्याप्रति स्थानीय सरकार मौन छ । 

प्लटिङ गरिएका जग्गामा पहिरो गएको छ भने बस्ती नै जोखिममा परिरहेको छ। ललितपुरमा अवैध प्लटिङ गरिएका स्थानमा  गएको पहिरो (फोटो फिचर)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.