|

बैतडी : जिल्लाका दुई स्थानमा बमजस्तै शंकास्पद वस्तु भेटिएको छ।

दशरथचन्द राजमार्ग र महाकाली राजमार्गका सडकमा  बिहानै शंकास्पद वस्तु फेला परेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। 

दशरथचन्द राजमार्गको सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा र महाकाली राजमार्गको  सतबाँझ–गोकुलेश्वर सडकखण्ड सुर्नया गेट नजिक रातो कपडामा बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएका हुन्। बिहान साढे ३ बजे सवारी चालकले राजमार्गमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।   

शंकास्पद वस्तु भेटिएपछि बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको उक्त्त गुल्मका गुल्मपति,सेनानी गोविन्द थापाले बताए। गुल्मका सहसेनानी,क्याप्टेन नवराज फुँयालको नेतृत्वमा बम डिस्पोजल टोली खटिएको र शंकास्पद वस्तु डिस्पोजल गर्ने तयारी गरिरहेको छ।

विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेकाले उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ।  बन्दका कारण बैतडीमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.