|

काठमाडौं :  काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काउन सुरु गरेको छ।

अल्फा हाउसका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन लागिएकाे मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। 

अवैध संरचना भएकाले तत्काल भत्काउन लागिएको हो। ​अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा मेयर शाह बिहीबार विहान नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।

अल्फा बिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन भनेका थिए। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।

बुधबार महानगरले काठमाडौं मल, आरबि कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काइएका थिए। त्यस्तै अरू विभिन्न ठाउँमा पनि अवैध संरचना भत्काएन निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.