|

काठमाडौं : हरेका वर्ष सरकारले छात्रवृत्ति दिएर एमबिबिएस तथा चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर तह (एमडी, एमएस) मा विद्यार्थीहरूलाई पढाउने गर्छ।

छात्रवृत्तिमा पढाएबापत सरकारको अध्ययन सकिएपछि दुई वर्ष दुर्गम क्षेत्रमा गएर सेवा गर्नुपर्ने हुन्छ। तर, छात्रवृत्तिमा पढेका धेरै चिकित्सकहरू सरकारको सर्तअनुसार दुई वर्षसम्म दुर्गममा गएर सेवा दिनुपर्ने शर्त मान्दैनन्।

छात्रावृत्तिमा पढेकालाई सुगम क्षेत्र पठाउन राजनीति भनसुन

यसरी पढेका धेरै चिकित्सकहरू पहुँच तथा राजनीति भनसुनको आधारमा सुगम नै रोजेर जाने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

मन्त्रालयका एक उच्च अधिकारीले भने ‘ पढ्न चाहिँ सरकारी पैसामा पढ्ने तर छात्रवृत्तिमा पढेपछि सोही अनुसारको सेवा शर्तमा भने राजनीति भनसुनको आधारमा सुगम रोजेर बस्ने प्रवृत्ति धेरै छ, यसको लागि राजनीति र भनसुनकै भरमा सुगम रोज्ने गर्छन्’ती अधिकारीले भने।

यसरी छात्रवृत्तिमा अध्ययन चिकित्सकहरू कर्णाली जस्तो दुर्गम क्षेत्रमा त परको कुरा  राजधानीबाट नजिक मानिएको सिन्धुपाल्चोक,  सिन्धुली,दोलखा जस्ता नजिकका जिल्लाहरूमा समेत सेवा दिन जान नमान्ने चिकित्सकहरू पनि रहेको मन्त्रालयका ती उच्च अधिकारीले बताए।

‘​कर्णाली जस्तो धरै दुर्गम मानिएको ठाउँमा मात्रै हैन कतिपय अवस्थामा त काठमाडौंबाट नजिक मानिएका पहाडी जिल्लामा समेत जान नमान्ने चिकित्सकहरू पनि आउने गर्छन्’ ती अधिकारीले भने।

छात्रवृत्तिमा पढेर आएकाहरूले प्राय आफूलाईइ पायक पर्ने तथा  सुगम जिल्ला जान दबाब दिने गरेको बताउँछन् स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल। ‘ छात्रवृत्तिमा पढेबापत सेवा शर्तमा दुई वर्ष दुर्गम भेगमा गएर सेवा दिनुपर्ने भए पनि धेरै जनाले सुगम तथा आफूलाई पायक पर्ने ठाउँ नै भनसुन र अन्य वाहना गराएर सुगम जिल्लाहरू रोज्ने प्रचलन बढ्दो छ’डा पौडेलले भने।

डा‍‍ पौडेलका अनुसार धेरैले व्यक्तिगत समस्या देखाउँदै दुर्गम नजाने बहाना बनाउने गरेको समेत बताए। ‘व्यक्तिगत तथा पारिवारिक समस्या देखाउने र बाहाना बनाउने गर्नुहुन्छ अधिकांशले

कोही बुबाआमा बिरामी भएको कसैले बुबाआमा एक्लै भएको, श्रीमती एक्लै भएका विभिन्न बाहना बनाई नियुक्ति लिएर दुर्गम जान मान्नु हुँदैन’डा पौडेलले भने।

उनका अनुसार यसरी छात्रवृत्तिमा पढेकाहरू दुर्गममा जान नचाहने हुँदा दुर्गमका स्वास्थ्य सेवा धरापमा पर्ने स्थितिको सिर्जना हुने अवस्था आएको हुँदा यसलाई कडाइका साथ लागू गर्न सरकारले छिट्टै नयाँ कार्यविधि ल्याउने तयारी गरेको समेत उनले बताए। ‘ यदि सेवा शर्तअनुसार चिकित्सकहरूले दुर्गममा गएर सेवा दिने हो भने सामान्य खालका अपरेशन ( हर्निया, पिलो,हाइड्रोसिल) जस्ता रोगहरूको सेवा लिन बिरामी काठमाडौंसहित अन्य ठूला अस्पतालमा धाउन पर्ने अवस्था आउने थिएन’ डा पौडेलेलले भने।

तर, छात्रवृत्तिमा पढेका विशेषज्ञ चिकित्सकहरूले भने आफूले अध्ययन गरेको विज्ञता अनुसारको सेवा दिन चाहिने उपकरणहरू भने दुर्गमका अस्पतालहरूमा नहुने हुँदा आफूहरूलाई जान समस्या भएको बताउँछन्।

बर्सेनि कतिले पढ्छन् सरकारी छावृत्तिमा?

चिकित्सा शिक्षा आयोगका अनुसार यो वर्ष ४३० जना एमबिबिएस तहमा छात्रवृत्तिमा पढेका छन् जसमध्ये २३७ खुला र १९३ आरक्षण छात्रवृत्तिमा पढेका थिए। स्नातक तहमा छात्रवृत्ति सिटमा अध्ययन गराएबापत आयोगले देशभरका १८ वटा मेडिकल शिक्षण संस्थाहरूलाई एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ दिएको थियो।

आयोगले हालै सार्वजनिक गरेको उक्त विवरणअनुसार आयोगले शैक्षिक सत्र २०७६/७७ देखि २०७९ असार मसान्तसम्म उक्त रकम वितरण गरिएको जनाएको हो।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार हरेक वर्ष नेपालमा विभिन्न विधामा ४ सयजना विद्यार्थीले चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर (एमडी, एमएस र एमडिएस) लगायत विशेषज्ञ विधामा अध्ययन गर्ने गर्छन्। ‘हरेक वर्ष छात्रवृत्तिमा देशभरका विभिन्न मेडिकल कलेजमा ४ सयजना विद्यार्थीले एमडी, एमएस र एमडिएस अध्ययन गर्ने गरेका छन्’उनले भने।

एकजना चिकित्सक उत्पादन गर्न राज्यको ७४ लाख खर्च 

स्वास्थ्य तथा मन्त्रालयको विवरणअनुसार छात्रवृत्तिमा पढेका विद्यार्थीहरूको शुल्क भन्दै आर्थिक वर्ष ०७६/०७७ मा ७४ करोडभन्दा बढी रकम विभिन्न मेडिकल कलेजहरूमा बुझाएको छ।

मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा पौडेलका अनुसार एक छात्रवृत्तिमा चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर अध्ययन गराइरहेका मेडिकल कलेजहरूमा हरेक वर्ष एक विद्यार्थी बराबर २४ लाख रुपैयाँ दिने गरेको छ। २४ लाखको दरमा  तीन वर्षसम्म दिँदा एकजना विशेषज्ञ चिकित्सक उत्पादन गर्न सरकारले करिब ७४ लाख जति शुल्क दिने गरेको समेत डा पौडेलले बताए। 

डा पौडेलका अनुसार कर्णाली जस्तो धरै दुर्गम मानिएको ठाँउमा मात्रै हैन कतिपय अवस्थामा त काठमाडौंबाट नजिक मानिएका पहाडी जिल्लामा समेत जान नमान्ने चिकित्सकहरु पनि आउने गर्छन्’ ती अधिकारीले भने।

‘एक वर्षमा २४ लाखको दरमा तीन वर्षमा एक विद्यार्थी बराबर करिब ७४ लाख जति खर्च दिने गरिएको छ’ डा पौडेलले भने।

छात्रवृत्तिमा पढेपछि कति सेवा गर्नुपर्छ?

यसरी सरकारी छात्रवृत्तिमा पढेबापत अध्ययन सकेपछि दुई वर्षसम्म दुर्गम क्षेत्रमा गएर अध्ययन गर्नुपर्ने व्यवस्था रहे पनि भनसुनको भरमा यस्ता चिकित्सकहरू सुगम मात्रै रोजेर जाने गर्छन्।

डा पौडेलका अनुसार कर्णाली जस्तो धरै दुर्गम मानिएको ठाँउमा मात्रै हैन कतिपय अवस्थामा त काठमाडौंबाट नजिक मानिएका पहाडी जिल्लामा समेत जान नमान्ने चिकित्सकहरु पनि आउने गर्छन्’ ती अधिकारीले भने।

के छ कार्यविधि?

सरकारी शिक्षण संस्थाहरुमा चिकित्सा शास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अनुसार एमडी एमएस र एमडिएस अध्ययन छात्रवृत्तिमा पढेका चिकित्सक अध्ययन पूरा गरिसकेपछि कम्तीमा पनि दुई वर्ष दुर्गममा सेवा दिनुपर्ने प्रावधान रहेको छ।

यस कार्यविधिबमोजिम छात्रवृत्तिमा स्नातकोत्तर तहमा अध्ययन गरेका चिकित्सकलाई नेपाल स्वास्थ्य सेवाको नवौँ तह र स्नातकोत्तर तहभन्दा माथिल्लो तहमा अध्ययन गरेका चिकित्सकलाई दशौँ तहमा मन्त्रालयले आवश्यकताअनुसार मन्त्रालय मातहतको स्वास्थ्य संस्थाहरूमा खटाउने व्यवस्था गरेको छ।

कार्यविधिबमोजिम छात्रवृत्ति प्राप्त गरी स्नातकोत्तर तहमा अध्ययन गर्ने चिकित्सकले अध्ययन अवधिभरका लागि चिकित्सकलाई नवौँ तहको सुरुको तलब बराबरको सुविधा उपलब्ध गराइने उल्लेख गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.